‘म आफै गगन थापालाई ‘ट्युसन’ पढाउन सक्छु’ : कांग्रेस नेता मल्ल

काठमाडौं । नेपाली काँग्रेशका नेता कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाईआफैले  ‘ट्युसन’ पढाइदिने बताउनुभएको छ । 

बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले बिपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो अर्थात घोषणापत्र नै नभएको बताउनुभयो। काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भन्नुभयो  । उहाँले बिपीले स्थापना गरेको मेनिफस्टो र अहिलेको मेनिफस्टो मिल्छ ? भनेर थापालाई ट्युसन पढाउन र बहस गर्न सक्ने दाबी गर्नुभयो ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा उहाँले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उहाँलाई कारबाही गरिएको थियो।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : १८ बजे