भोजपुर । गठबन्धनबाट भोजपुरको दुई स्थानीय तहमा उपमेयर र उपाध्यक्ष पाएको नेकपा एसलाई चुनावी अभियानको सुरुवातमै झट्का लागेको छ ।
चुनावको मुखैमा जिल्ला कमिटी उपाध्यक्ष चक्र तामाङ सहित ठुलो संख्यामा नेता कार्यकर्ता एमालेमा फर्किएपछि भोजपुरको एसलाई झड्का लागेको हो ।
नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एसका उपाध्यक्ष तामाङ, प्रदेश १ अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य, कार्यालय सचिव कृष्ण बस्नेत एमाले प्रवेश गरेका हुन् । प्रताप जिल्लाका जुझारु युवा नेतासमेत हुन् ।
सिंगो कमिटि नै एमालेमा
यसैबीच भोजपुर नगरपालिका–५ बोखिमको सिंगो कमिटी एमालेमा समाहित भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले नेकपा एसबाट १०५ जनाले एमाले प्रवेश गर्नुभएको हो ।
नेकपा एससहित विभिन्न पार्टी छाडेर एमाले रोजेकालाई प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य शेरधन राई, उपाध्यक्ष खड्का, भोजपुरका मेयर उम्मेदवार भरत तामाङलगायतका नेताहरूले स्वागत गर्नुभयो ।
प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार ४ : ४३ बजे
प्रतिक्रिया