मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

क्यान्सरबाट ग्रसित केन्द्रीय कार्यालयका सुरक्षा गार्ड गुरुङको उपचारमा समस्या, कांग्रेस बेखवर

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यालय आफ्नै सुरक्षा गार्डको स्वास्थ्य स्थितिप्रति बेखवर बनेको छ । विगत २५ वर्षदेखि केन्द्रीय कार्यालयमा कार्यरत वीरबहादुर गुरुङ क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेका छन् । 

रक्त क्यान्सरबाट १५ वर्षदेखि पीडित गुरुङ सैनिक अस्पताल छाउनीमा उपचाररत छन् । लामो समयदेखि क्यान्सरले ग्रसित गुरुङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । कृष्णप्रसाद भट्टराई सभापति हुँदा केन्द्रीय कार्यालयमा सेवा प्रवेश गरेका गुरुङ हालसम्म पनि सुरक्षा गर्डको रुपमा कार्यरत छन । सरकारमा समेत नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पार्टीले गुरुङको उपचार चासो नदिएको गुनासो उनकी छेरी कमला गुरुङले गरेकी छिन् । उनको गुनासो अस्वभाविक पनि छैन । पार्टी कार्यालयका सचिवहरु सामान्य विरामी हुँदा पार्टीको नामबाट  लाखौ रुपैयाँ खर्चिन गरेको रहस्य खुलेको छ ।   
कयौँपटक जीवन मरणको दोसाधमा अस्पतालको शैयमा छट्पटाएका उनी अ‍ैषधीको साहरामा जीउँदै आएका छन् । लामो समय पार्टी कार्यालयमा काम गरेका गुरुङ पाको उमेर र अस्वस्थ शरिर भएपछि खाली हात जागिरबाट  निस्कन बाध्यात्मक अवस्था सिर्जना भएको गुनासो पोख्दै आएका छन्। उनी जागिरबाट निस्कदा पार्टीले उपदानको व्यवस्था गरिदिनु पर्ने माग राख्दै आएका छन ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  २ : ४५ बजे