दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

माओवादी केन्द्र छाडेर प्रा.डा. भट्टराई आज एमालेमा प्रवेश गर्नुहुँदै

काठमाडौं – प्रा.डा. रमेश भट्टराई माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नुहुने भएको छ ।

भट्टराईलाई आज साँझ ५ बजे यल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

भट्टराई राष्ट्रिय प्राध्यापक संगठनका कार्यवाहक अध्यक्षसमेत हुनुहुन्छ ।

अनेरास्ववियु र एमालेका पूर्वनेतासमेत रहनुभएका भट्टराई शान्तिपूर्ण आन्दोलनमा आएपछि माओवादीतिर लाग्नुभएको थियो । त्रिवि पूर्वरेक्टर डा. सुधा त्रिपाठी उहाँकी पत्नी हुनुहुन्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  २ : ०५ बजे