दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

दोलखामा गठबन्धनको विरोध गर्दै कांग्रेसका सभापतिसहित वडा कमिटी नै एमाले प्रवेश

दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित वडा कमिटीका सबै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । रेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो  ।

लामिडाँडामा वुधबार आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई एमाले पोलिटव्युरो सदस्य आनन्द पोखरेल, वागमती प्रदेश कमिटीका नेता लालकुमार केसी, डबल पाण्डे, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो । काग्रेंसले विपक्षीहरुसँग गठबन्धन गरी कार्यकर्ताहरु माथि अन्याय गरेको कारण पार्टी परित्याग गरी एमाले प्रवेश गरेको उहाँहरुले बताउनुभएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : २९ बजे