‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले धुलिखेल नगर कमिटीद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौँ । नेकपा एमाले धुलिखेल नगर कमिटीले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

धुलिखेलमा आज आयोजित एक कार्यक्रमका बीच नेकपा एमाले काभ्रेका अध्यक्ष एवम् एमालेका तर्फबाट धुलिखेल नगरपालिकाको मेयरका उम्मेदवार समेत रहनुभएका निवर्तमान मेयर अशोक ब्याञ्जुले  धुलिखेल नगरपालिकामा गरिने कामहरूलाई समेटेर तयार पारिएको प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । 

प्रतिबद्धता सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ब्याञ्जुले धुलिखेललाई पर्यटकीय सहरको रूपमा विकास गरिने बताउनुभयो । उहाँले धुलिखेलको बजारलाई व्यवस्थित गर्दै सुन्दर सहरको रूपमा  विकास गर्दै धुलिखेललाई पर्यटकीय हबको बनाउने बताउनुभयो । 

उहाँले विगतका कार्यकालमा भएका कतिपय योजनाहरू पुरा भएको र कतिपय पुरा हुने चरणमा रहेको भन्नुहुँदै कतिपय दीर्घकालीन योजनाको हिसाबले धुलिखेल नगरपालिकाले गरेका कामहरू अत्यन्तै सह्रानीय र धुलिखेलमा मात्र नभई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पनि स्थापित गर्न सकिएको बताउनुभयो । 

उहाँले अहिले धुलिखेलमा ७१ प्रतिशत मात्र साक्षर रहेको जनसङ्ख्या पूर्ण प्रतिशतमा पुर्‍याइएको, ६४ प्रतिशतमा घरमा मात्र शौचालय रहेकोमा ५ वर्षमा ९८ प्रतिशत घरहरूमा शौचालय बनाइएको, एक घर एक धारा अभियान अन्तर्गत ३८ प्रतिशतबाट करिब करिब ८९ प्रतिशत घरहरूमा पानी पुर्‍याइ खानेपानी सहज बनाइएको, बालमैत्री कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाइएको बताउनुभयो । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ०६ बजे