नेकपा एस हेटौंडाका अध्यक्ष पोखरेलद्वारा पार्टी परित्यागको घोषणा

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । हेटौडामा बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

उनले गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने गरी षड्यन्त्र भएकोले पार्टी परित्याग गरेको बताएका छन् । निर्वाचन पश्चात देशव्यापी रूपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलको नाम हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि सिफारिस पनि भएको थियो । पछि नेकपा एसबाट गठबन्धनको लागि मीना लामा उम्मेदवार बनेकी थिइन् । उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । पोखरेल र डीसी नेकपा एमाले विभाजन भएपछि नेकपा एसमा आबद्ध भएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : २४ बजे