दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

दैलेखमा एक हजार ९८३ ले उम्मेदवारी दर्ता गराए

दैलेख। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका ११ वटा स्थानीय तहमा गरी कूल एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिकामा १३६, डुङ्गेश्वरमा ११०, भगवतीमाईमा १५०, नौमूलेमा १५४, महाबुमा १५६, भैरवीमा १७५ र ठाटीकाँध गाउँपालिकामा १५७ जनाको उम्मेदवारी दर्ता भएका छन् । 

यसैगरी आठबीस नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनीमा २३६, दुल्लूमा २४५ र नारायण नगरपालिकामा २३५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिनुभयो । 

जिल्लाभरि नगरपालिका/गाउँपालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५, वडाध्यक्षमा ४७४, खुला सदस्यमा ७२१, महिला सदस्यमा ३३८ र दलित महिला सदस्यमा ३०८ जनाले उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : १५ बजे