पर्वतमा एमालेका दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित 

पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतमा नेकपा एमालेका दुई जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । 
जिल्लाको मोदी गाउँपालिका वडा नं. ४ मा दलित महिला सदस्यमा लक्ष्मी विक र कुस्मा नगरपालिका वडा नं. १० पिपलटारीमा महिला सदस्यमा विन्दु जिसी थकाली निर्विरोध निर्वाचित हुनुभएको हो । 

सो पदमा अरू कसैको पनि उम्मेदवारी दर्ता नभएको र दाबी विरोध पनि नपरेपछि  उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको  जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । 

पर्वतमा सात स्थानीय तहमा ३ सय १९ पदका लागि निर्वाचन हुँदै छ । जसमा ९ सय ५७ जनाले उम्मेदवारी दिएका छन् । 

दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएपछि अब ३ सय १७ पदमा प्रतिस्पर्धा हुने भएको छ । दाबी विरोधपछि निर्वाचन कार्यालयले वैशाख १६ गते अन्तिम नामावली प्रकाशन गर्दैछ । 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ५३ बजे