पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभाव, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ ।  बुधवार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी र प्रदेश १का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेसमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाको छ । 

प्रदेश १ का पहाडी भू–भागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

बिहीबार बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । 

महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ वैशाख १४ गते(बुधवार)
दिउँसो
: देशको  गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बागमती प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।  

प्रदेश १ का पहाडी भू–भागका  केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

२०७९ वैशाख १५ गते (बिहीबार)
दिउँसो
: देशको  बागमती प्रदेश र प्रदेश १का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ। 

बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी भू–भागका एक/ दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १६ गते (शुक्रवार)
दिउँसो:
देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि अन्य भू–भागमा आंशिक बदली रहने छ।  

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि देशको अन्य भू–भागमा  मौसम सामान्यता सफा रहने छ। 

गण्डकी प्रदेश र प्रदेश १को पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २५ बजे