आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं – काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिनु भयो

विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरुको भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।

उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : १५ बजे