पत्रकार महासंघको पूर्व सभापति इलाम नगरपालिको मेयरमा

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिनुभएको छ । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिनुभएको हो । 

पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति हुनुभएको थियो । उहाँले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गर्नुभएको छ । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गर्नुभएको हो । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ३ : ०८ बजे