पाल्पा । पाल्पामा नेकपा एमालेबाट दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।
पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नं.५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएका हुन् ।
दुबै उम्मेदवारको एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुबैजना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार २ : २१ बजे
प्रतिक्रिया