चितवनमा एमालेका एक उम्मेदवार निर्विरोध

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा एमालेबाट उठेका एक उम्मेदवार निर्विरोध हुने भएको छ । 
इच्छाकामना गाउँपालिका–१ बाट  दलित महिला वडा सदस्यमा उठेकी एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन् । उक्त पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : ०९ बजे