माओवादी केन्द्रका उम्मेदवार सूर्य चिह्नबाट चुनाव लड्दै

भोजपुर – भोजपुरको षडानन्द नगरपालिकामा गठबन्धन भित्रका दलहरु बेमेल सुरु भएको छ । गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरबाटै बेमेल सुरु भएको हो ।

गठबन्धनको निर्णयविपरीत दुईवटा वडामा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् ।

वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा एमालेबाट मेयर पदका उम्मेदवार सुरेन्द्र उदासले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका नगर कमिटीका सदस्य रहेका शेखर तामाङ वडा ९ बाट र ओमकुमार श्रेष्ठ वडा–१३ बाट सूर्य चिन्हमा चुनाव लड्ने भएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ५३ बजे