काभ्रेमा एमालेका दलित महिला सदस्यहरु निर्विरोध

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा तीन जना दलित महिला सदस्यहरु निर्विरोध चयन हुनुभएको छ । निर्विरोध चयन हुनेमा धुलिखेल नगरपालिका र खानीखोला गाउँपालिकाका सदस्य हुनुहुन्छ।

धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा उम्मेदवार पार्वती विश्वकर्मा एक्लैको मात्र मनोनयन परेको हो ।

खानीखोला गाउँपालिका वडा नम्बर १ र २ मा पनि दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा मसली बिक र भगवती विश्वकर्मा हुनुहुन्छ । उहाँहरु दुवैले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।

सबै उम्मेदवारको विजयको औपचारिक घोषणा हुन बाँकी छ । आगामी शुक्रबारसम्म दाबी विरोध नपरे उहाँहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : १२ बजे