मकवानपुरमा एमालेबाट तीनजना वडा सदस्य निर्विरोध निर्वाचित

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अघि नै मकवानपुरमा नेकपा एमालेबाट तीनजना वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा २ जना र मकवानपुरगढी गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको हो ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराउनु भएकी ईन्द्रसरोवर गाउँपालिका–१ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दमाई र सुनारको उक्त वडामा एकल उमेद्वार परेको इन्द्रसरोबर–२ स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पनि नेकपा एमालेबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित हुनु भएको छ । एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराउनु भएकी मकवानपुरगढी–७ की तिर्थ कुमारी ल्वाहगुन निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यलयलले जनाएको छ । ७ नम्बर वडाको दलित महिला सदस्य ल्वाहगुनको मात्र एकल उमेद्वार परे संगै उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : २२ बजे