दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको आज २३ औं स्मृति दिवस

काठमाडौं । दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष मनमोहन अधिकारीको २३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतका नेताहरुले मनमोहनको शालिकमा माल्यार्पण गरेका छन् ।
नेपालका सर्वाधिक लोकप्रीय प्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान शुरु भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ४५ बजे