एमाले उम्मेदवार गिता सोनाम वडा सदस्यमा निर्विरोध

सिन्धुपाल्चोक । नेकपा एमालेको तर्फबाट इन्द्रावती गाउँपालिका वडा नम्बर ११ मा दलित महिला सदस्यबाट उम्मेदवारी दिनुभएकी गिता सोनाम वडा सदस्यमा निर्विरोध चयन हुनुभएको छ ।

आज इन्द्रावती गाउँपालिकाको निर्वाचन कार्यलयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकी सोनाम निर्विरोध चयन हुनुभएको हो । अरु दलबाट उम्मेदवारी नपरेपछी उहाँ निर्विरोध वडा सदस्यमा चयन हुनुभएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत गिता सोनाम निर्विरोध वडा सदस्य बन्नुभएको थियो । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ३५ बजे