गाउँपालिकाको अध्यक्ष सहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्बिरोध, औपचारिकता मात्र बाँकी

​​​​​​​डोल्पा – कर्णाली प्रदेशको डोल्पा जिल्लाको सेफोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अध्यक्ष धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ ।अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उहाँ निर्बिरोध बन्नुभएको हो ।

अध्यक्षमा निर्बिरोध हुने गुरुङ नेकपा एमाले डोल्पाको उपसचिव हुनुहुन्छ । उहाँका अनुसार गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्बिरोध हुनुभएको छ । गुरूङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन् ।

गुरूङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्वािरोध भएको छ । त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा नम्बर ७ मा पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ। यद्यपी निर्वाचन आयोगले उनीहरूको निर्विरोधको सूचना प्रकाशित गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ४५ बजे