सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ मा माओवादी केन्द्रको वडाअध्यक्षको टिकटको विवादलाई लिएर माओवादी केन्द्रको कार्यालय तोडफोड भएको छ । मोओवादी केन्द्रका कार्यकर्ताहरुविच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ । निर्वाचन कार्यालय समेत रहेको नगरपालिकाको कार्यालयमा तोडफोड हँदा स्थिति झन भयावह बनेको हो ।
मोओवादी कार्यकर्ताहरुको झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । निर्वाचन आयोगको कार्यलय समेत रहेको नगरपालिकामा तोडफोड हुँदा कार्यलयको झ्याल सिसा फुटेका छन् ।
स्थानीय आवश्यकताका आधारमाभन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।
प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ५ : २२ बजे
प्रतिक्रिया