एमालेबाट विजय सरावगीद्वारा वीरगञ्जको मेयरमा उम्मेदवारी दर्ता

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराउनुभएको छ  ।

कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर सरावगीले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नेकपा एमालेबाट मेयरमा सरावगी र उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका छन् । 

वीरगञ्ज महानगरपालिकाको मेयर पदमा सरावगीसँगै राप्रपाबाट गिरीश गिरी, नेपाल सद्भावना पार्टीबाट बिजय कुमार रौनियार, नेपाल किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरीले आफ्नो मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ०३ बजे