एमालेबाट कांग्रेस प्रवेश गरेका पालिका अध्यक्षका उम्मेदवारलाई कार्यकर्ताले घेरे

सिन्धुपाल्चोक । त्रिपुरा सुन्दरी गाउँपालिकाका नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार भुपेन्द्र श्रेष्ठलाई कार्यकर्ताले घेरावन्दी गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको निर्वाचन कार्यलयमा उम्मेदवारी मनोनयन दर्ता गराउने क्रममा उम्मेदवार श्रेष्ठलाई घेराबन्दी गरेका हुन् । 

श्रेष्ठ हिजो मात्र नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । जनताको मतको अबमुल्यन गरेको अवसरवादीलाई टिकट दिएको भन्दै कार्यकर्ताले घेराबन्दी गरेका हुन् । 

एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेको भोली पल्टै टिकट दिएको भन्दै कार्यकर्ताहरु रुष्ट बन्दै आएका छन् । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ३४ बजे