भरतपुर । चिनवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तवकमा देवि ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहनुभएको छ । यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उमेदवार भने आउनुभएको छैन।
नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ३ : ०३ बजे
प्रतिक्रिया