केशव स्थापित र सुनिता डङ्गोलको मनोनयन दर्ता

​​​​​​​काठमाडौँ – काठमाडौँ महानगरपालिकाबाट नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गराउन केशव स्थापित र सुनिता डङ्गोल सभागृह पुग्नु भएको छ ।

नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित  र  उपमेयरका  उम्मेदवार सुनिता डङ्गोल जुलुस सहित मनोनयन दर्ता गराउन सभागृह पुग्नु भएको हो । सभागृह पुगेपछि उहाँहरुले आफ्नो उम्मेदवारी दर्ता समेत गराउनुभएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने आज अन्तिम दिन भएकाले हालसम्म देशभर १६ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४४ बजे