एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

धनगढी । नेकपा एमाबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिनुभएको छ । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराउनुभएको हो ।  

प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुनुहुन्थ्यो । 

यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्तावक र  कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४४ बजे