तनहुँ एमालेले टुङ्ग्यायो सबै पालिकाको प्रमुख उपप्रमुखको नाम

तनहुँ । तनहुँमा नेकपा एमालेले प्रमुख उपप्रमुखको टुंगो लगाएको छ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसँग तालमेल गर्ने निर्णयसहित एमालेले स्थानीय तहको प्रमुख उपप्रमुखको टुंगो लगाएको हो । 

शुक्लागण्डकी नगरपालिकाको मेयरमा मुक्ति तिम्लिसिना र उपमेयरमा फुलमाया वाग्लेलाई उम्मेद्वार बनााइएको छ । भिमाद नगरपालिकाको मेयरमा दधिराज सुवेदी र उपमेयरलाई शारदा खनाललाई उम्मेद्वार बनाइएको छ । उपमेयरमा खनाल दोहोरिनुभएको हो। 

भानु नगरपालिकाको मेयरमा सिताराम बजगाईंलाई एमालेले उम्मेद्वार बनाएको छ । भानुमा उपमेयर जोशी समूहले पाउने छ । व्यासको मेयर पनि जोशी समूहले लिनेछ । व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई एमालेले उम्मेद्वार बनाएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा दोहोरिनुभएको छ । उपाध्यक्षमा गत निर्वाचनमा एक मतान्तरले पराजित हुनुभएकी सावित्री न्यौपानेले टिकट पाउनुभएको छ । 

आबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसीले टिकट पाउनुभएको छ । यहाँ उपाध्यक्ष जोशी समूहलाई दिने सहमति छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा  सुरेन्द्र थापा उम्मेद्वार हुनुहुने छ । यहाँ पनि उपाध्यक्ष जोशी समूहले पाउनेछन् ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीले टिकट पाउनुभएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेललाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।

म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेलाई एमालेले उम्मेद्वार बनाएको छ । 
 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ४१ बजे