मुस्ताङ एमालेले टुंग्यायो सबै पालिकाका उम्मेद्वारहरु

मुस्ताङ। नेकपा एमालेले मुस्ताङका सबै पालिकामा उम्मेद्वार टुंग्याएको छ । सर्वसम्मत सिफारिस भएका सबै उम्मेद्वार प्रदेश कमिटीले अनुमोदन गरेको हो ।

मुस्ताङमा पाँच पालिका छ । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङले टिकट पाउनुभएको छ । 
लो घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ उम्मेद्वार बन्नुभयो। विष्टले दोहोर्‍याउनुभएको छ भने गुरुङ जिल्ला समन्वय समिति प्रमुखबाट राजीनामा दिएर पालिकामा आउनुभएको हो । 

लोमान्थाङको अध्यक्षमा टसीनुर्वु  गुरुङ र उपाध्यक्षमा छिमी विष्ट, थासाङको अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा उम्मेद्वार बन्नुभयो । यस्तै, घरपझोङको अध्यक्षमा सन्जयकुमार थकाली र उपाध्यक्षमा मिमकुमारी शेरचनले टिकट पाउनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ०८ बजे