एमाले इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल 

इलाम । नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेद्वार बनाउने भएको छ । निरन्तरको छलफल पछि एमाले इलाम नगरपालिकाले उम्मेदवारको टुंगो लगाएको हो । 

एमालेको प्रदेश कमिटीको बैठकले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगो र उपप्रमुखमा  सिता रिजालको नाम टुंगाएको  छ । नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन् । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ११ : ०१ बजे