एमालेले परिवर्तन गर्‍यो पोखरामा मेयरको उम्मेदवार, कुष्ण थापालाई टिकट

पोखरा  । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार परिवर्तन गरेको छ । 

यसअघि मेयरमा दीपक पौडेलको टिकट दिइएको थियो उहाँको स्थानमा कृष्ण थापालाई टिकट दिएको हो । 

शनिवार पौडेललाई टिकट दिएपछि उहाँको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । पौडेलले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्यानलबाट टिकट पाउनुभएको थियो ।  टिकट पाएसँगै उहाँ विरुद्ध चौतर्फी आलोचना र विरोध भएको थियो ।

उहाँको टिकट फिर्ता लिएर केन्द्रीय सदस्य खगराज अधिकारी प्यानलका थापालाई टिकट दिइएको छ । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बन्ने हुनुभएको छ । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताउनुभए पनि अहिले भने मौन हुनुहुन्छ ।

थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुनुहुन्छ ।  थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका व्यक्ति हुनुहुन्छ । उहाँ २०७० मा भने कास्की २ बाट चुनावमा पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : १९ बजे