‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले दिए राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिनुभएको छ । 

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उहाँहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिनुभएको हो । 

आइतबार ५ः०० बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिनुभएको छ भने ८७ वडा सदस्यहरूले पनि आजै राजीनामा दिनुभएको कमपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिनुभयो । 

स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिनुभएको हो ।

कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ । 

आजसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरू जनप्रतिनिधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ । निर्वाचनमा उम्मेदवारी नदिने हो भने राजीनामा दिनुपर्ने छैन । 

कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि हुनुहुन्छ ।  

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : २९ बजे