काठमाडौं – भक्तपुरका तीन नगरपालिकामा सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले भक्तपुरको ३ वटा मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकामा सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको हो । तर चाँगु नगरपालिकामा गठबन्धनका दलहरुबीच हालसम्म कुनै सहमती हुन सकेको छैन ।
गठबन्धन बीच भएको सहमति अनुसार मध्यपुर थिमि नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ भने सूर्यविनायक नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीले पाएको छ । त्यस्तै भक्तपुर नगरपालिकाको प्रमुख पद नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)ले पाएको छ ।
सत्ता गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, एकीकृत समाजवादी बागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश इन्चार्ज केदार प्रसाद न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार ८ : ५९ बजे
प्रतिक्रिया