कांग्रेस क्षेत्रीय प्रतिनिधि कार्कीले दिए पोखरामा मेयर पदमा उम्मेदवारी, गठबन्धनमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले पोखराको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेस कार्यकर्ताले रुखमै भोट हाल्न पाउनुपर्ने जिकिर गर्दै उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । 

उहाँले पार्टीले आफुलाई कारबाही गर्ने हो भने अर्काको चुनाव चिह्नमा भोट हाल्न लगाउने कांग्रेस सभापति शेरबहादुर देउवालाई पहिला कारबाही हुनुपर्ने बताउनुभयो । 

काकीृको उम्मेदवारीसँगै गठबन्धनमा खैलाबैला मच्चिएको छ । पोखरमा सत्ता गठबन्धनले नेकपा एसलाई मेयर दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ५० बजे