राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौं मेयरमा उठ्न प्रदेश सांसदबाट स्थापितको राजीनामा

काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिनुभएको हो ।  

राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनुभयो ।  राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहनुभएका उहाँ काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लाग्नुभएको हो । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : १५ बजे