काठमाडौँ । पूर्व राज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।
झाको उपचारका क्रममा आइतबार राति काठमाडौँमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य झा पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहनुभएको थियो। पूर्व संविधानसभा सदस्य समेत रहनुभएकी झा मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्य मन्त्री पनि बन्नुभएको थियो।
प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार ८ : ४० बजे
प्रतिक्रिया