बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

भक्तपुरमा एकदिने हाट बजार सञ्चालन

भक्तपुर  / भक्तपुर चेम्बर अफ कमर्सको प्रस्तुतीमा भक्तपुरमा शनिबार एकदिने हाट बजार सञ्चालन भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धनको लागि जुजु इभेण्टसले हाट बजार सञ्चालन गरेको हो ।
 
भक्तपुर दरबार स्क्वायर परिसरमा रहेको वत्सला गार्डेन रेष्टुरेण्टमा हाट बजार सञ्चालन भएको हो । हाट बजारमा २५ वटा स्टल रहेका थिए । खाद्य सामग्री, हस्तकलाका सामग्री, कृषि उत्पादन, नेपाली लत्ताकपडालगायतका स्टल रहेका थिए ।
 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक समारोहबीच हाट बजारको उद्घाटन गर्नु भएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : १४ बजे