नेपालगञ्जमा माओवादीले तोड्यो गठबन्धन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा अमाओवादीले एक्लै चुनाव लड्ने भएको छ । गशनिवार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले नेपालगञ्जमा गठबन्धन तोडेर एक्लै चुनावमा जाने निर्णय गरेको बतायो ।   उपमहानगर कमिटीले प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो  । 
गठबन्धनको भाडबण्डाअनुसार नेपालगञ्जमा प्रमुख नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिने सहमति भएको थियो । 

‘प्रमुख र उपप्रमुख पाएका दलहरूले गठबन्धनको मूल स्प्रिटविपरीत वडाहरूमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएकाले स्थानीय निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने घोषणा गर्दछौं,’ अध्यक्ष रतन शाहीले जानकारी दिए । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : १७ बजे