इटहरीको मेयरमा याम सुब्बा, उपमेयर चौधरी

काठमाडौं ।  इटहरी उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले)ले याम सुब्बालाई उम्मेदवार बनाउने भएको छ । 

तल्ला कमिटीको सिफारिसमा एमाले सचिवालयले मेयरमा सुब्बा र उपमेयरमा सरिता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

सुब्बाले चार कार्यकाल इटहरी पार्टी प्रमुख भएर काम गरिरहनुभएको छ भने चौधरी नगरस्तरीय नेतृ हुनुहुन्छ ।

यस विषयमा ठोस निर्णाय गर्न एमाले इटहरीको सचिवालय बैठक आज बस्दैछ ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ३९ बजे