वाइसिएल नेता र पूर्वलडाकुसहित दोलखाका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

दोलखा ।  दोलखामा माओवादी सम्बद्ध वाइसिएलका नेता तथा पूर्व लडाकु एमालेमा प्रवेश गरेका छन् ।

पूर्व लडाकु बिसुन पाख्रिन र प्रशान्त लामासहित करीव दुई दर्जन युवा माओवादी त्यागेर एमालेमा प्रवेश गरेका हुन् ।

शनिवार काठमाडौंमा उनीहरूलाई एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले पार्टीमा स्वागत गर्नुभएको छ । वाइसिएल नेता पाख्रिन गौरीशंकरका हुन् भने लामासहित अधिकांश युवा मेलुङका छन् ।

मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उम्मेदवार वसन्त लामाको पहलमा सुवराज घिसिङ, रिजन घिसिङ, विशाल मोक्ता, विशाल तामाङ, कर्म मोक्ता, जीवन थोकर, रन्जित गोले, अनिल लामा, सन्जिव गोले, रोशन लामा, सोनाम भुजेल, दिपेन गोल लगायतका युवा एमालेमा प्रवेश गरेको युवा संघका नेता महाराज गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ४१ बजे