बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध

चितवन।  पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको  हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । 

भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिनुभयो ।

हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उहाँले जानकारी दिनुभयो । एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो । रासस

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ३९ बजे