हुम्लामा एक हजारभन्दा बढी विद्यार्थी एसइई परीक्षामा सहभागी

सिमकोट । हिमाली जिल्ला हुम्लामा माध्यमिक शिक्षा एसइई परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

देशैभर सञ्चालन भएको माध्यमिक शिक्षा (एसइई) परीक्षाको पहिलो दिन हुम्लाका छ वटै परीक्षा केन्द्रहरू बाट १ सय १ कोर्ड नम्बरको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको हो ।

शुक्रवार बिहान ८ बजेदेखि सञ्चालन भएको परीक्षाका लागि एक हजार एक सय ६५ जना विद्यार्थीहरूले फोर्म भरेको भए पनि एक हजार ८० जना मात्रै परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिलक भट्टराईले बताउनुभयो।

जिल्लाका छ वटा परीक्षा केन्द्र मध्ये सिमकोटमा रहेको बाल मन्दिर माविमा नियमित तर्फका एक सय छात्रा एक सय २९छात्र, ग्रेड वृद्धितर्फ दुई जना छात्रा एक जना छात्र रहेका छन् भने सिमकोटकै अर्को विद्यालय मानसरोवर मावि परीक्षा केन्द्रमा नियमिततर्फ एक सय एक छात्रा ९८ जना छात्र, ग्रेड वृद्धितर्फ दुई जना छात्र र दुई जना छात्रा, हिमज्योति मावि सर्केगाड परीक्षा केन्द्रमा नियमिततर्फ एक सय २३ जना छात्रा एक सय ५० जना छात्र, ग्रेड वृद्धितर्फ दुई जना छात्राले सहभागिता जनाएका थिए ।

त्यस्तै, सूर्योदय मावि श्रीनगर परीक्षा केन्द्रमा नियमित तर्फका ६९ जना छात्रा ५० जना छात्रहरू परीक्षामा सामेल भएका छन् । त्यसैगरी, मदानादेव मावि ताँजकोट परीक्षा केन्द्रमा नियमिततर्फ ८२ जना छात्रा १ सय जना छात्रा, ग्रेड वृद्धितर्फ दुई जना छात्र एक जना छात्रा रहेका छन् भने कोटमावि रोडिकोट सर्केगाड परीक्षा केन्द्रमा नियमित तर्फ ६८ जना छात्रा ६३ जना छात्र र ग्रेड वृद्धितर्फ एक जना छात्रले परीक्षा दिएका छन् ।

त्यस्तै, नियमित तर्फका ५ सय ४३ छात्रा ५ सय ९० जना छात्रहरूले परीक्षा फोम भरेका थिए भने ग्रेड वृद्धि (आंशिक)का लागि छ जना छात्रा र सात जना छात्र पनि उक्त परीक्षामा सामेल भएका छन् । 

पहिलो दिन सञ्चालन भएको अङ्ग्रेजी विषयको परीक्षामा हुम्लाका छ वटै परीक्षा केन्द्रहरूमा नियमिततर्फ २६ जना छात्रा ३१ जना छात्र र ग्रेड वृद्धितर्फ चार जना छात्रा सात जना छात्रहरू अनुपस्थित भएका थिए। शुक्रवारदेखि छ वटै परीक्षा केन्द्रमा शान्त पूर्वक परीक्षा सञ्चालन भएको प्रमुख भट्टराईले बताउनुभयो । 

गत दुई वर्षदेखि कोभिड १९ का कारण परीक्षा दिन नपाएका विद्यार्थीहरूले यो वर्ष भने प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा सहभागिता जनाएर परीक्षा दिन पाएका छन् ।

 

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ४९ बजे