दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आइपिएल : दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

काठमाडौँ । दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को  शीर्ष स्थानमा उक्लिएको छ । 

शुक्रवार राति जितको लागि २२३ रनको  लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै  २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेलले ३६ रनको योगदान गरे ।

राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।

दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए । 

जितसँगै राजस्थानले सात खेलबाट ५  खेलमा जित  सहित १० अङ्क बनाउँदै शीर्ष स्थानमा छ । दिल्ली ७ खेलमा ३ जित र ४  हारसहित ६ अङ्क बनाएर छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ३८ बजे