‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्थानीय तहको निर्वाचनको लागि एमाले मुगुले टुङ्गायो उम्मेदवारी 

मुगु । नेकपा एमाले मुगुले उम्मेदवारी टुङ्गो लगाएको छ । ३०  वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले आफ्ना उम्मेदवारहरू टुङ्गो लगाएको हो । 

छायानाथ रारा नगरपालिकाको मेयरको लागि डम्बर रावल र उपमेयरमा टोमा लामालाई सिफारिस गरेको एमाले मुगुले जनाएको छ । पालिका प्रमुख र उपप्रमुखहरूको नाम एमालेले शुक्रवार टुङ्गो लगाएको हो । 

त्यस्तै, सोरु गाउँपालिकाको अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही , खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ । 

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : २२ बजे