राष्ट्रपति भवनमा घटस्थापना

धनगढी कांग्रेसका वडा सभापतिसहित ९५ जनाले दिए सामूहिक राजीनामा

धनगढी । कैलालीमा वडा सभापतिसहित ९५ जनाले राजीनामा दिएका छन्। गठबन्धनबाट उम्मेदवार उठाउने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।  

नेपाली कांग्रेसका धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्त थापासहित उनीहरूले शुक्रबार जिल्ला पार्टी कार्यालयमा पुगेर सामूहिक राजीनामा दिएका हुन्।  

बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भए पनि वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएको भन्दै क्रियाशील सदस्यबाट समेत राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरिएको राजीनामा पत्रमा उल्लेख छ। 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : ४७ बजे