बाराको कलैयाका मेयरसहित १३६ जनाको राजीनामा

कलैया । बारा जिल्लाको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन:उठ्न उहाँहरुले राजीनामा दिएका हुन् ।

कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ३२ बजे