जनकपुरका कांग्रेसीहरुले सामुहिक राजीनामा दिंदै : मेयरमा स्वतन्त्र उम्मेदवार उठाइने

काठमाडौं । सत्ता साझेदार पाँच दलिय गठबन्धनले गरेको भागवण्डामा असन्तुष्टि जनाउँदै जनकपुरका कांग्रेस नेताहरुले आज सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

गठबन्धनको भागबन्डामा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले पाएपछि त्यहाँका काग्रेंसीहरुमा ब्यापक असुन्तुष्टि चुलिरहेको छ । असन्तुष्ट रहेका कांग्रेस नगर सभापति मनोज साहको नेतृत्वमा जनकपुरका कांग्रेसहरुले पार्टीबाट सामुहिक राजीनामा दिने र स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।

उनीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । राजीनामापछि आजै नेता मनोज साहले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : २८ बजे