देश आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा होमिएको छ । दलहरू उम्मेदवारको चयनमा अत्यन्मुख रहेका छन् । सबै दलमा आकाङ्क्षीहरू नेताका ढोका चाहार्न पुग्नेको घुइँचो रहेको छ ।
नेकपा एमाले देशको अपरिहार्य आवश्यकताको रूपमा रहेको जनताले महसुस गरिरहेका छन् । यस समयमा हरेक दलमा हाम्राको चाप बढेको छ भने मतदातामा भने हाम्रा नभएर राम्रा मानिसको खाँचो औँल्याइरहेका छन् । देशका लागि एमालेलाई साथ दिने उद्देश्यले हिमाल देखिन पहाड मधेस र उपत्यकालगायत जताततै एमाले प्रवेश गर्नेको लहरले नै चलिरहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाल निर्माणको महाअभियानमा हामी साथ दिन तयार रहेका छौँ । सोलुका आङकाजी शेर्पा हुन वा मोरङ रंगेलिका दिलीप बगरियालगायत देशका विभिन्न जिल्ला जिल्लाका सभा समारोहबाट विभिन्न पार्टी परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेका निर्वाचित वडाका वडा अध्यक्ष देखिन उप–मेयर, मेयर, प्रदेश माननीय सङ्घीय माननीय देखिन क्याबिनेट मन्त्री बनेकाहरू समेत विभिन्न पार्टीबाट मातृ पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरूको धुइरोले के सङ्केत गरिरहेको छ, भने विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूले भनिरहेका छन् देशलाई एमालेको खाँचो छ र हामीले काम गरिरहेको पार्टी नेतृत्वले अब देश बोक्न सक्दैन ? हाम्रो संरक्षण गर्न पनि सक्दैन भन्ने खुल्ला हाक ओकलिरहेका छन् । यो एमालेका लागि एकातिर सुखद पाटो हो भने अर्को तर्फ यो एमालेका लागि सुखद भविष्य पनि हो ।
देशको भविष्य अब एमालेको हातमा रहेको छ । नवप्रवेशीको स्वागत निर्वाचनको मुखमा बजाउने तालीले मात्रै सधैँभरि बोक्न सक्दैन । नेकपा एमालेमा पनि माकुने प्रवृत्ति र माकुरे प्रवृत्तिले यसको भविष्य निर्धारण गर्नेछ । यी दुई प्रवृत्तिको कारणले नै नेपालमा निर्वाचन भएको ६३ वर्षमा पनि निर्वाचित दलहरूले एक पटक पनि पुरै पाँच वर्षका लागि दलको निर्वाचन भएको स्थायी सरकार सञ्चालन गर्न सक्ने हुति देखाउन नसक्नु दुःखको विषय हो । २०१५ देखि २०७४ साल सम्ममा भएको निर्वाचन परिणाम थामेर जनताको अभिमतको सकुशल नेतृत्व भएको छैन वा दिइएको छैन । २०४६/०४७ को जनआन्दोलन पछिका समयमा निर्वाचित सरकारहरूmलाई काँग्रेसको आन्तरिक किचलोले नै विस्थापित गरिदिएको पाइन्छ । यो राजनीतिक निरासाबाट मुक्ति पाउनको लागि नै आज धेरैले धमाधम नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलका नेता कार्यकर्ताहरूले मातृ पार्टीलाई परित्याग गरेर एमाले प्रवेश गरेको विषय निकै खुसीको विषय हो ।
यस पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गलत तत्त्वलाई साथ नदिएको भए ओली सरकार पुरै पाँच वर्ष चल्ने थियो । आन्तरिक र बाह्य दुवैको स्वार्थले देशका लागि एउटा सुन्दर अवसर गुमेको छ । अझै पनि नेकपा एमाले भित्र झाँगिँदै गएको व्यक्तिवादी अवसरवादी, स्वार्थी र लोभी पापीको जमातको छायामा नै हिँडाउने र विगत देखिनै पार्टीको काम गरेको स्थापित र सक्षम नेतृत्वहरूलाई विस्थापन गर्दै जाने, तिनको विगतको योगदान र मूल्यमान्यताको हिसाब किताब नगरी नेतृत्वले नै विस्थापन गर्न नरोक्ने हो भने आज एमाले प्रवेशको लहर जस्तै भोलि एमाले परित्यागको लहर नआउला भन्न सकिन्न । भनिन्छ “आमा जस्तो हुँदैन सानिमा”
यो किन र के का लागि भनिएको होला । आमाहरूलाई कुनै पनि बहानामा पार्टी भित्रको लामो ऊर्जाशील इतिहास, सङ्घर्षशील योगदान, तिनको सफल र सक्षम नेतृत्व र प्रतिकुल अवस्थामा रहेर काम गरेको उनीहरूसँग भएको लामो अनुभवले मात्रै एमालेको भविष्य स्थापित गर्नेछ । जो अनुकूलतामा होइन निरङ्कुशता विरोधी आन्दोलनको प्रतिकुलतामा जीवनलाई मृत्युको पञ्जाबाट साटेको व्यवस्थामा पार्टीको मैदानमा क्रियाशील रहेकाहरूको नै अवमूल्यन हुने कुरा आन्दोलनको हितमा हुँदैन । तिनलाई तिनको नेतृत्व क्षमतामा शङ्का नगरी जिम्मेदारी दिनुपर्दछ । जो हिजो सबल र सक्षम थिए र हुँदाहुँदै पनि आफ्ना अनेकौँ पारिवारिक विपत्तिको कारणले पछि परेका भए पनि स्थापित गर्नु नै उपयुक्त हुने लेखकीय राय रहेको छ ।
अनुशासित अनुभवलाई भत्काउने विस्थापित गर्ने होइन स्थापित गर्नु नेतृत्वको दायित्व हो । त्यो परिपक्व नेतृत्वले नै नेतृत्वको लाइनमा क्रमबद्ध टिमलाई अनुभव हस्तान्तरण गर्दै जानेछ । अनेक मुलुकका वा हाम्रै पनि देशको नेतृत्व अभावको सङ्कट र समस्या धेरैले अनुभव गरेको विषय हो । नामका नेतृत्वले कामको नेतृत्व गर्न सक्तैन । नेकपा एमाले भित्रका वीर पात्रहरूलाई पार्टीले पहिचान सहितको सम्मान दिन सकेन भने राजनीतिमा जे पनि हुन सक्दछ । स्थापित र सफल नेतृत्वले कनिष्ठ, स्वार्थी र असफल अवसरवादी नेतृत्वको पछि लागेर सधैँभरि झिँगा धपाउन बाध्यता खडा हुनु भनेको पार्टी र आन्दोलनको लागि पनि नोक्सान पुग्ने विषय हो । यसलाई नेतृत्वले त्रिनेत्रको प्रयोग गर्नु जरुरी छ ।
नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले हर क्षेत्रबाट स्थापित गरिदिएको जनलहरलाई यही वैशाख ३० गते हुने ७ सय ५३ वटा पालिका निर्वाचन अभियानको क्रममा क्याच गर्न सक्नुपर्दछ । नेकपा एमालेको तुलनामा अन्य पार्टीको गठबन्धन जति रटान लगाए पनि आगामी तिनै तहको सरकारको नेतृत्व एमाले बाहेक अन्य कसैले पनि गर्न सक्ने सम्भावना देखिँदैन । स्थापित नेता र नेतृत्वको हातमा नै एमालेको भविष्य रहेको छ । असक्षम, बचकाना र स्वार्थी मानिसको विजयले एक माघको जाडो काट्ने मात्रै नभएर पार्टीले आजीवन शिर निहुराउने परिस्थिति आउन सक्नेछ । टिकट वितरणको यस अवसरमा पार्टीले परिस्थिति अनुसार जितेर हार्ने की हारेर जित्ने हो गहिरो पहिचान सिफारिस तहको नेतृत्वमा हुनु आवश्यक रहेको छ ।
प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ९ : २३ बजे
प्रतिक्रिया