मनसुन क्रमशः कमजोर हुँदै

जनभावना अनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रवादी : कमल थापा 

काठमाडौँ ।  राष्‍ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावना अनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसुत्रमा पतन हुने बताउनुभएको छ । देशको धरातलीय यथार्थ र जनभावना दृष्टिगत गर्दै आफूले सम्वर्द्धनवादुको बाटो रोजेको उहाँको भनाइ छ । 

सामाजिक सन्जालमार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षागर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वको जगमा समृद्ध नेपाल निर्माण गर्ने सम्वर्द्धनवादको विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बताउने उहाँको दाबी छ । 

ईतिहासमा राजसंस्थाले गरेका राम्रा कामको सम्मान गर्दै जन सर्वोच्चताको बाटोमा हिड्नु वर्तमान समयको माग हो। कुनै कालखण्डमा असल ठहरिएका विचार  सर्वकालिक र शास्वत हुँदैनन्,उहाँले भन्नुभएको छ ।, कालान्तरमा ती विचार असान्दर्भिक हुनसक्छन्। हिजो विपी, मदनलाई गाली गर्नेहरू आज उनीहरूको दूरदर्शिताको प्रशंसा गर्छन्।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : २७ बजे