थप ५७ वटा हिमाल आरोहणका लागि खुला

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

काठमाडौं ।  बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिर नजिक बिहीबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्साको विरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको हो । 

सिमराबाट रामवनतर्फ जाँदै गरेको ना १९ प ८८१८ नम्बरको मोटरसाईकल आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  २ : ३५ बजे