दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मदन भण्डारी स्मृति रोड रेस शनिबार

काठमाडौं । रन क्लब नेपालको आयोजनामा तेस्राे मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुष, महिला खुला र छात्र, छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । 

दौडमा करिब चार सय खेलाडीको सहभागिता रहनेछ ।

खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र आठ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

छात्र, छात्रामा पहिलो हुनेले १० हजार, दोस्राेले ५ हजार र तेश्रोले तीन हजार नगद पुरस्कार पाउनेछन् । 

दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुंगिनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १ : ५३ बजे